कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने निर्वाचित


वीरेन्द्रनगर — कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने निर्वाचित भएकी छिन् । बुधबार भएको निर्वाचनमा उनले कांग्रेसकी इन्द्राकुमारी शाहीलाई पराजित गरेकी हुन् ।

न्यौपानेले २४ मत ल्याउँदा शाहीले १४ मत ल्याइन् ।
सभामुखमा भने एमालेकी नन्दा गुरूङ निर्वाचित भइसकेकी छिन् । एमालेबाट निर्वाचित सांसद् उनले कांग्रेसका खड्क पोखरेललाई १० मतले पराजित गरेकी हुन् ।
प्रकाशित : माघ ४, २०७९ १४:२६