कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वनमा लागेको डढेलोले वन्यजन्तु असुरक्षित 

रुपा गहतराज

नेपालगन्ज — बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोले वन्यजन्तु असुरक्षित भएका छन् । डढेलोका कारण वनमा ठूलो धनजनको क्षति नभए पनि वन्यजन्तु  संकटमा परेका हुन् । 

वनमा लागेको डढेलोले वन्यजन्तु असुरक्षित 

शमशेरगञ्ज सव डिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीका अनुसार डढेलोका कारण वनमा रहेका हरिण, बँदेललगायतका जनावर विस्थापित भएका छन्।

गतवर्ष भन्दा यसवर्ष धेरै सुक्खा भएकाले डढेलो फैलिएको शमशेरगञ्ज सव डिभिजन कार्यालय बाकेका वन अधिकृत सुवेदीका बताए। उनले दिउँसो घाम र तातो हावा चलेकाले शनिबार राति मात्रै डढेलो नियन्त्रणमा लिइएको सुनाए । जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडूवा गाउँपालिका, बैजानाथ गाउँपालिका र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको छ।

सुवेदीका अनुसार अहिलेसम्म जिल्लाको ६३ सामुदायिक वनको एक सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। उनले चक्ला वन क्षेत्रको पाँच सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको भन्दै डढेलो लागेको वनमा सात सय लिटर ट्यांकी भएको पाइपसहितको गाडीमार्फत पनि अग्नी नियन्त्रणमा लिइएको बताए।

वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नी हेरालु आठ जना परिचालन गरीएको छ । बाँकेका राप्तीसोनारी-२ को कोटहीमाई सामुदायिक वन उपभोक्ता समिति, समय भवानी सामुदायिक वन उपभोक्ता समिति र कोहलपुरको रानी सामुदायिक वन उपभोक्ता समितिमा सबैभन्दा बढी डढेलो लागेको थियो।

प्रकाशित : वैशाख १०, २०८१ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?