१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जडीबुटी उद्योगमा आगलागी 

रुपा गहतराज

नेपालगन्ज — बाँकेको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिको कम्पाउन्ड भित्र राखिएको सल्लो प्रजातिको काठ/खोटोमा आगलागी भएको छ । बिहीबार बिहान ७.१५ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन। जानकी गाउँपालिका-६ पिप्रहवामा रहेको राजेश जैनको जडीबुटी उद्योगमा विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ  ।

जडीबुटी उद्योगमा आगलागी 

उद्योगको परिसरमा रहेको काठमा आगो दन्किएको छ। उद्योगभित्र आगो पुगिसकेको छैन। उद्योगभित्र पुगेमा अझ ठूलो क्षति हुने भएकाले आसपासबाट दमकल मगाए आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागी नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खटेको छ । स्थानीय पनि आगलागी नियन्त्रणमा जुटिरहेका छ्न् ।

आगलागी नियन्त्रणमा बाँके जिल्लाका ६ वटा दमकल, प्रहरीको वाटर क्यानल, बर्दियाको ३ वटा र भारतको रुपडियाबाट १ गरि ११ दमकलको प्रयोग भएपनि सल्लाको खोटोमा आगलागी भएकोले नियन्त्रण हुन कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

गोदाम र कारखाना तर्फ आगो फैलिन नदिन प्रयास जारी छ । हाल गोदाम खाली गराउने काम भइरहेको छ ।

प्रकाशित : वैशाख ६, २०८१ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?