कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

क्रिप्टो कारोबार गर्ने दुई पक्राउ

रुपा गहतराज

नेपालगन्ज — यूएसडीटी (क्रिप्टो करेन्सी) मार्फत गैरकानुनी कारोबार गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन् । 

क्रिप्टो कारोबार गर्ने दुई पक्राउ

नेपालगन्ज २० का अमृतकुमार बर्मा र जानकी गाउँपालिका १ बस्ने रियाज खालाई जिल्ला प्रहरी कार्यालय बाँकेले प्रक्राउ गरेको हो । उनीहरुले दैनिक करिब १ करोडसम्म अवैध कारोबार गरेको पाइकएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार बर्मा र खाले बिनान्स र बिटगेटमार्फत अवैध कारोबार गरेका थिए ।

पक्राउ परेका दुवै जनालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसुर गरेको देखिएकोले कारबाहीका लागि प्रहरीले प्रक्रिया अगाडि बढाएको छ । उनीहरुमाथि प्रहरीले बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : वैशाख ५, २०८१ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?