कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङ — माटोको ढिस्कोले पुरिएर आइतबार घोराहीमा दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–९ कर्मटेका १२ वर्षीय माधब चौधरी र १२ वर्षीय आशिष चौधरीको मृत्यु भएको हो ।

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

घोराही–९ आन्द्रभरैयास्थित बबई नदी छेउमा दिउँसो माटो निकालेर खाल्डोमा खेलिरहेको अबस्थामा माथिबाट ढिस्को खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्याल दाङका सूचना अधिकारी डिएसपी जनकबहादुर मल्लले बताए ।

माटोले पुरिएर घाइते भएका बालकहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।



प्रकाशित : वैशाख २, २०८१ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?