कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा १९ वर्षीया किशोरीको हत्या गर्ने सार्वजनिक

माधव अर्याल

पाल्पा — किशोरीको बीभत्स हत्या आरोपमा देवलाल सार्कीलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । चैत १३ गते रिब्दीकोट गाउँपालिका–१, ख्याहाकी १९ वर्षीया किशोरी पदमा सुनारको हत्या आरोपमा सोही गाउँकै १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

पाल्पामा १९ वर्षीया किशोरीको हत्या गर्ने सार्वजनिक

गाउँकै लप्सीखोलामा कपडा धुन र नुहाउन एक्लै गएकी पदमासँग खोलामै विवाद भएको र फर्की आउने क्रममा पछाडिबाट हँसियाले प्रहार गरेको देवलालले प्रहरीसमक्ष स्वीकार गरेको डीएसपी सुगन्ध श्रेष्ठले बताए । उनका अनुसार सागरले हत्या गर्दा प्रयोग गरेको धारिलो घरेलु हतियार हंँसिया, हत्याका बखत लगाएको कपडा, चम्पल, खादालगायत सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी अर्गली, हार्थोक, सर्देवाबाट पुगेको टोलीले घटनाको थप अनुसन्धान गरेको एसपी नरेन्द्र चन्दले जानकारी गराए । घ

टनास्थलमा रहेको सबुद प्रमाण र शव जाँच मुचुल्काका आधारमा चैत १४ गते गौतम बुद्ध विमानस्थल सुरक्षा गार्ड केनाइन शाखा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई घटनास्थलको जाँच गरिएको थियो । त्यसपछि मृतक पदमाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्दा सागर भन्ने देवलालले हत्या स्वीकार गरेको डीएसपी श्रेष्ठले बताए ।

धोइसकेका लुगा लिएर लप्सी खोलाबाट फर्किने क्रममा दुई सय मिटरपश्चिम खुलखुले गैरामा पदमालाई पछाडिबाट आफ्नो साथमा रहेको हँसियाले हानेको देवलालले प्रहरीमा स्वीकार गरेका हुन् । मृतकको बायाँ पाखुरा, टाउको, पछाडि कन्चटमा चोट लागेको पोस्टमार्टम रिपोर्टमा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक पदमाको हिँड्ने बाटोदेखि २० मिटरतल शव भेटिएको थियो । मृतकको साथबाट मोबाइलसमेत निज देवलालले लिएर हिँडेका थिए । सामान्य विवादमा देवलाले पदमाको हत्या गरेको स्वीकार गरेका छन् ।

प्रकाशित : चैत्र १६, २०८० १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?