कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

रोल्पा एमालेको अध्यक्षमा अमृतबहादुर बुढामगर विजयी

रोल्पा — नेकपा एमाले रोल्पाको अध्यक्षमा अमृतबहादुर बुढामगर विजयी भएका छन् । फागुन २९ र ३० मा सदरमुकाम लिबाङमा सम्पन्न एमाले रोल्पाको सातौं जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनी अध्यक्षका अर्का प्रतिस्पर्धी घनश्याम आचार्यलाई ८३ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । 

रोल्पा एमालेको अध्यक्षमा अमृतबहादुर बुढामगर विजयी

अमृतले अध्यक्ष पदमा १ सय ९५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी आचार्यले १ सय १२ मत प्राप्त गरेका थिए । यसअघि बुढामगर सचिव थिए । उपाध्यक्षमा भने विजय घर्तीमगर सर्वसम्मत निर्वाचित भएका थिए । विजय यसअघि कार्यवाहक अध्यक्ष थिए । सचिवमा नेपबहादुर थापाले १ सय ८२ मत लिएर प्रतिस्पर्धी ठाकुर वलीलाई पराजित गरे । वलीले १ सय १२ मत प्राप्त गरेका थिए ।

यसैगरी उपसचिवमा बमबहादुर पुनले १ सय ७२ मत पाएर विजयी भए । उनले प्रतिष्पर्धी प्रेमराज बुढालाई पराजित गरेका थिए । प्रेमराजले ८० मत प्राप्त गरेका थिए । महिला उपसचिवमा रमिता डाँगी २०२ मत प्राप्त गरेर विजयी बनिन् भने उनका प्रतिस्पर्धी कृष्णी गौतमले ६१ मत प्राप्त गरेकी थिइन् । महिला उपसचिवमा अर्का उम्मेदवार तारा सेनले २५ मत प्राप्त गरिन् । सदस्यमा सन्तोष बाँठामगर, कमानसिंह पुनमगर, धनबहादुर बस्नेत, रामचन्द्र बुढामगर र परविर विक चयन भएका हुन् ।

प्रमुख निर्वाचन अधिकृत बालकृष्ण आचार्यका अनुसार एमाले रोल्पाको अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र एक सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरिएको छ । अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी थिए ।


प्रकाशित : चैत्र २, २०८० ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?