कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बाँदरपीडित किसानलाई गुलेली र मट्यांग्रा

गगनशिला खड्का

गुल्मी — बाँदरपीडित किसानलाई बाँदर धपाउन सहयोग गर्न नेपाली कांग्रेसले गुलेली र मट्यांग्रा वितरण गरेको छ ।

बाँदरपीडित किसानलाई गुलेली र मट्यांग्रा

'गुल्मी कांग्रेसको अठोट, सबल वडा सक्षम टोल अभियान' अन्तर्गत् कांग्रेसका जिल्ला सचिव जगदीश भट्टराईले रुरुक्षेत्र गाउँपालिका-२ ग्वादीका किसानलाई गुलेली र मट्यांग्रा वितरण गरेका हुन्।

गुलेली र मट्यांग्रा पाएपछि किसानको समस्या बुझेर कांग्रेसले केही हदसम्म सम्बोधन गरेको भन्दै बाँदरपीडित स्थानीय खुसी भएका थिए । सचिव भट्टराईले चुनौतीको रुपमा रहेको बाँदर नियन्त्रणका लागि केही हदसम्म भएपनि सहज बनाउन गुलेली र मट्यांग्राले सहयोग पुग्ने बताए ।

'गुलेलीमा मट्यांग्रा राखेर हानेपछि बाँदर भाग्ने गर्दछन्, यसले केही भएपनि किसानको बाली नाली जोगाउन मद्दत गर्छ भन्ने हाम्रो बुझाइ हो,' उनले भने।

ग्वादीका ३७ वर्षीय किसान जगत तिवारीले आफूले कांग्रेस सचिव भट्टराईसँग बाँदरका कारण समस्या भएको र आफूहरुसँग गुलेली समेत नभएको गुनासो गरेको बताए । उनको गुनासोपछि कांग्रेसले गुलेली र मट्यांग्रा उपलब्ध गराएको उनले बताए ।

प्रकाशित : माघ २६, २०८० १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?