कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाको दुर्घटनामा मृत्यु भएकाको शोकमा पाणिनिमा एक दिन बिदा

वीरेन्द्र केसी

अर्घाखाँची — पाल्पामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा अर्घाखाँचीको पाणिनि गाउँपालिकाले शोक बिदा दिने भएको छ ।

पाल्पाको दुर्घटनामा मृत्यु भएकाको शोकमा पाणिनिमा एक दिन बिदा

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची पाणिनितर्फ आउँदै गरेको जिप आइतबार पाल्पामा दुर्घटनामा परी पाणिनिका ५ जनाको मृत्यु भएको थियो ।

उनीहरूको शोकमा गाउँपालिकाले मंगलबार पालिकाभर बिदा दिने भएको हो । लु १ च ९०२४ नम्बरको जिप दुर्घटना हुँदा मुत्यु हुने पाँचै जना पाणिनिका हुन् ।

दुर्घटनामा १० जना घाइते भएका थिए । उक्त घटनाले गाउँपालिका स्तब्ध र मर्माहत भएको भन्दै एक दिन बिदाको घोषणा गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जारी गरेको शोक बिदा सम्बन्धी सूचनामा मंगलबार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालय एवं शिक्षण संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको उल्लेख गरेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा पाणिनि गाउँपालिका–१ पणेनाका ३७ वर्षीय कृष्णप्रसाद पोखरेल (विजयी), पाणिनिकै चालक २६ वर्षीय रमेश विक, पोखराथोकका २५ वर्षीय सीता गौतम र २ वर्षीय संयोग गौतम रहेका छन् ।

प्रकाशित : जेष्ठ २२, २०८० १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?