२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

लमजुङमा हावाहुरीले विद्यालयको छाना उडायो

आश गुरुङ

लमजुङ — हावाहुरीले लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोकमा रहेको सरस्वती सदन आधारभूत विद्यालयको छानो उडाएको छ । विद्यालयका प्रधानाध्यापक रामचन्द्र घिमिरेले हावाहुरीले विद्यालयको छानो उडाउनुका साथै बाल कक्षा र यूकेजी कक्ष जलमग्न बनाएको बताए ।

लमजुङमा हावाहुरीले विद्यालयको छाना उडायो

उनका अनुसार ती कोठामा विछ्याइएका म्याट्रेस, कार्पेट, भित्ताका लेखनहरू, भित्तामा राखिएका विभिन्न पाठ्यसामग्री नष्ट पारेको बताए ।


चैते दसैंको दिन मंगलबार साँझपख ५ बजेतिर आएको हावाहुरी र पानीले विद्यालयको ८६ वटा जस्ता उडाएर काम नलाग्ने बनाएको प्रधानाध्यापक घिमिरेले बताए । ‘कुनै पनि जस्ता काम नलाग्ने बनाएको छ । सबै नयाँ राख्नुपर्ने भयो । हारगुहार गरेका छौं,’ उनले भने । उनले बुधबार बिहान विद्यालय व्यवस्थापन समितिको बैठक बसेर जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय सरकार, विभिन्न संघसंस्थालाई सहयोग माग गर्ने निर्णय गरिएको बताए ।


२०३० सालमा स्थापना भएको विद्यालयले गत पुस १८ गतेदेखि २२ गतेसम्म स्वर्ण महोत्सवको आयोजना गरेको थियो । विद्यालयको शैक्षिकस्तर साथै गतिविधिलाई थप मजबुत बनाउन, चालु शैक्षिक सत्रबाट बालबालिकाको वृद्धि विकास र पठनपाठनलाई सहजीकरण गर्न किन्डरगार्डेन कक्षा सञ्चालन साथै प्रथामिक तहमा अंग्रेजी माध्यमवाट पठन पाठन सञ्चालनको तयारी गरेकोमा शैक्षिक सत्र सुरु हुनु अवावै विपदमा परेको विद्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ५, २०८१ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?