कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

जबरजस्ती करणीको आरोपमा एक भारतीय पक्राउ

गोरखा — ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणीको आरोपमा एक भारतीय पक्राउ

प्रहरीले भारत मोतिहारी जिल्ला विहार गोविनंगज घर भइ चितवनको खैरहनी नगरपालिका–६ पर्सा पुलटोल वस्ने ३२ वर्षीय करण शाहलाई पक्राउ गरेको हो। वैशाख १ गते बालिकालाई ‘डिउ र फ्रुटी दिन्छु’ भन्दै जबरजस्ती करणी गरेको भन्दै पीडितका आफन्त मार्फत् आएको जाहेरी दरखास्तको आधारमा आरोपितलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

सोमबार आरोपितविरुद्ध जबरजस्ती करणी कसुर शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : वैशाख ३, २०८१ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?