कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

आश गुरुङ

लमजुङ — बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा लमजुङ प्रहरीले १ युवकलाई पक्राउ गरेको छ ।

राइनास नगरपालिका ८ का ३२ का अमृतबहादुर अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । उनका अनुसार बुधबार ती युवकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको र बिहीबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

ती युवकमाथि बालिकालाई चैत १२ गते सोमबार बिहान साढे ८ बजेतिर बाटोमा एक्लै हिँडिरहेको मौका पारेर जबर्जस्ती गर्न खोजेको आरोप लागेको छ ।

प्रकाशित : चैत्र १५, २०८० २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?