कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

काठमाडौँ — जबरजस्ती करणी घटनाका दुई जना आरोपित पक्राउ परेका छन् । ५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखा नगरपालिका १२ का १२ वर्षीय बालक पक्राउ परेका छन् ।

चैत ८ गते बालिका एक्लै खेलिरहेको अवस्थामा जरबस्ती करणी गरेको भन्दै पीडितको आमामार्फत आएको जाहेरी दरखास्तको आधारमा आरोपितलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । चैत ९ गते प्रहरीले नियन्त्रणमा लिएका बालकविरुद्ध सोमबार जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट निगरानी कक्षमा राखी अनुसन्धानका लागि म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा गोरखा १० विरेन्चोकका २२ वर्षीय मदन थापालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति बालिकालाई एकान्तमा भेट्न बोलाई जबरजस्ती करणी उद्योग गरेको भन्दै पीडितका आमामार्फत आएको जाहेरी दरखास्तको आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबार पक्राउ परेका आरोपितविरुद्ध सोमबार जिल्ला अदालत गोरखामा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राख्न म्याद थप अनुमति लिएर घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १२, २०८० १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?