कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

मनास्लु क्षेत्रमा बिरामी परेका एक नेपालीसहित तीन विदेशीको उद्धार

हरिराम उप्रेती

गोरखा — मनास्लु क्षेत्र घुम्न आएका एक नेपालीसहित तीन विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको हो ।

डेनमार्गकका नागरिक ६१ वर्षीय रिनेट कोइस्टाइन कोच र ६९ वर्षीय मिचेल भेटसको आइतबार डाइनेष्टिक एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । ६१ वर्षीय रिनेट कोइस्टाइन कोचलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिए । उनीहरुको क्युनिक हस्पिटल लैनचौरमा उपचार भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बाटोमा हिँड्ने क्रममा लडेर घाइते भएकी अस्ट्रेलियन नागरिक माइकल कार्ल स्मीचलाई पनि आइतबार नै सामागाउँबाट उद्धार गरी काठमाडौं लगिएको छ । ५३ वर्षीय माइकलको लडेर हातमा चोट लागेको प्रहरीले जनाएको छ । उनीसँगै रहेका पोटर धादिङ खनियावास–५ का विनोद सुनारलाई पनि उद्धार गरी काठमाडौं लगिएको छ । उनीहरुको सकन क्लिङ हस्पिटल काठमाडौंमा उपचार भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १९, २०८० १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?