२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

अरिंगालले चिलेर स्याङ्जामा युवकको मृत्यु

प्रतिक्षा काफ्ले

कास्की — अरिंगालले चिल्दा स्याङ्जाको विरुवा गाउँपालिका–१ का २८ वर्षीय चेलिस श्रेष्ठको मृत्यु भएको छ । मंगलबार साँझ घरनजिकै रहेको जंगलमा अरिंगाल पोल्ने क्रममा श्रेष्ठलाई अरिंगालले चिलेको थियो ।

श्रेष्ठलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो । उपचारका क्रममा उनको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार अरिंगाल पोल्न ६ जनाको टोली गएको थियो ।

प्रकाशित : भाद्र १३, २०८० १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?