कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्ण देवकोटा नियुक्त भएका छन् । गण्डकी सरकारको आइतबार बसेको बैठकले ४१ वर्षीय देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा

गोरखाको पालुङटार नगरपालिका ३ लिगलिगकोट स्थायी घर भएका देवकोटाले दक्षिण कोरियाबाट विपद् व्यवस्थापनसहित भूगर्भशास्त्रमा पीएचडी गरेका छन् । उनी विपद् व्यवस्थापन, विकास योजना र विभिन्न अनुसन्धानमा क्रियाशील रहँदै आएका थिए ।

देवकोटाले संविधानले दिएको म्यान्डेटअनुसार सीमाभित्र रहेर प्रदेश र संघीयतालाई बलियो बनाउने काममा लाग्ने बताए । साथै प्रदेशमा पर्यटन, दिगो कृषि र जलस्रोतको उपयोगलाई कसरी बढाउने भन्ने विषयमा बढी केन्द्रित हुने उनको भनाइ छ ।

‘माध्यामिक र सरकारी शिक्षालाई पनि सुधार्नुपर्ने अवस्था छ,’ उनले भने, ‘प्रदेश सरकारको अधिकारको सीमामा रहेर काम गर्नेछु ।’

प्रकाशित : वैशाख २४, २०८० १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?