स्याङ्जामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु, राजमार्ग अवरुद्ध - गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु, राजमार्ग अवरुद्ध 

प्रतीक्षा काफ्ले

कास्की — बुटवलबाट पोखरा आउँदै गरेको बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका-११ करेनडाँडास्थित ना ४ ख ३८२८ नम्बरको गाडीले शुक्रबार ७२ वर्षीया यामबहादुर जिटीलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीयले सिद्वार्थ राजमार्ग अहिलेसम्म अवरोध गरेका छन् ।

राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रकाशित : माघ १३, २०७९ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्

खर्च घटाउन गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशन

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री र सचिवलाई अनावश्यक खर्च घटाउन निर्देशन दिएका छन् । बिहीबार बसेको बैठकमा मुख्यमन्त्री अधिकारीले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन निर्देशन दिएका हुन् ।

आर्थिक ऐन, नियम तथा कार्यविधि कार्यान्वयन गरी पुरानो बेरुजु रकम फर्छ्यौट गर्न एवम् नयाँ बेरुजु हुन नदिन पहल गर्नुपर्ने उनले बैठकमा बताएका थिए । मुख्यमन्त्रीले प्रदेशको सुशासन कायम गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

प्रदेश गौरवका आयोजनालाई अगाडि बढाउन, समपुरक, विशेष र वित्तीय समानीकरण अनुदानको गुणात्मकता ल्याउन समन्वय, सहअस्तित्व र सहकार्यको अवधारणालाई व्यवहारमा उतार्ने गरी ठोस कार्यक्रम र कार्ययोजना समन्वयात्मक ढंगबाट सम्पादन गर्नेगरी व्यवस्था मिलाउन, सबै मन्त्रालयले आवधिकरुपमा ठोस नतिजासहितको कार्य प्रगति प्रतिवेदन पेस गर्न पनि निर्देशन दिएका छन् ।

प्रकाशित : माघ १२, २०७९ १८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×