कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

नुवाकोटमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

नुवाकोट — जिल्लाको बेलकोटगढी नगरपालिका १० तादी खोलाको घुमाउने दहमा पौडी खेल क्रममा डुबेर २ जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा ककनी गाउँपालिका ४ का १८ वर्षीय हिमाल तामाङ र बेलकोटगढी १३ का १९ वर्षीय रोजन लामा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) तिलक भारतीका अनुसार शनिबार दिउँसो १ बजेतिर ५/६ जना युवाहरु तादी खोलामा पौडी खेल्न गएमा दुई जनाको डुबेर मृत्यु भएको हो ।

दुई युवा पौडी खेल्ने क्रममा डुबेको खबर प्राप्त हुनसाथ खटिएको टोली प्रहरी टोलीले बेहोस् अवस्थामा उद्धार गरी त्रिशूली अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनीहरुलाई मृत्यु भएको घोषणा गरेको डीएसपी भारतीले बताए ।

दुवै शव त्रिशूली अस्पतालमै राखिएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८१ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?