कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

मकवानपुर — बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन  मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा ४२ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । 

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारले यही जेठ १३, १४ र १५ गते गणतन्त्र दिवस मनाउन लागेको हो ।

सो अवसरमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, खेलकुद प्रतियोगिता, रक्तदान, वृक्षरोपण, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शनलगायतका कार्यक्रम गरिने उनले बताए ।

प्रकाशित : जेष्ठ ११, २०८१ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?