नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
नुवाकोट — जिल्लाको बेलकोटगढी नगरपालिका ८ शिरखालीमा मंगलबार स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/acci-0752024024144-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
देवीघाटबाट काशीतारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र सोही दिशामा जाँदैको वाग्मती प्रदेश ०२-०४६प १५२९ र वाग्मती प्रदेश ०२-०४४प ३६९२ नम्बरको मोटरसाइकल बेलुकी ५ बजेतिर घुम्तीमा ठोक्दिँदा २ युवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोट सञ्चार शाखाले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा काठमाडौं बस्ने २७ वर्षीय रुविन रावल र ललितपुर बस्ने २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको हो ।
घाइते २ जनालाई उपचारका लागि काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : वैशाख २५, २०८१ १८:२७