कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

मन्थलीमा टिपर दुर्घटना : चालकको मृत्यु

दोलखा — रामेछापको मन्थली नगरपालिका-७ मन्थलीघाटनजिकै सोमबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् । 

मन्थलीमा टिपर दुर्घटना : चालकको मृत्यु

बालुवा लिएर भटौलीबाट मन्थली जाँदै गरेको बा ०१–००६–३८३९ नम्बरको टिपर दुर्घटना हुँदा चालक गोकुलगंगा गाउँपालिका-३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपरका सहचालक दोलखाको तामाकोशी गाउँपालिका-६ का २१ वर्षीय मनोज फुँयाल गम्भीर घाइते भएका छन् । मन्थली नगर अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०८१ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?