कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

मुख्यमन्त्री जम्कट्टेललाई यथास्थितिमा एकीकृत समाजवादीले विश्वासको मत नदिने

सुवास विडारी

हेटौंडा — नेकपा (एकीकृत समाजवादी) ले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेटलाई यथास्थितिमा विश्वासको मत नदिने भएको छ ।आइतबार बसेको वाग्मती प्रदेशसभा एकीकृत समाजवादी संसदीय दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री जम्कट्टेललाई यथास्थितिमा एकीकृत समाजवादीले विश्वासको मत नदिने

दलका नेता कृष्ण शर्मा खनालले सबै प्रदेशमा भागबन्डा नटुंगिएको र वाग्मती प्रदेश सरकारमा पनि समान सहभागिता हुने सुनिश्चितता नभइसकेको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताए ।

'माओवादी केन्द्र र एमालेले जुन-जुन निर्णय गर्छ, ती निर्णय हामीले मान्नु पर्छ भन्ने छैन । विश्वासको मत यो प्रदेशमा मात्रै नभई अन्यमा पनि लिनुपर्ने अवस्था छ । त्यसकारणले कुन प्रदेश कसको नेतृत्वमा जाने एकीन नभएसम्म हामी विश्वासको मतको पक्षमा उभिँदैनौं,' खनालले भने ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, नेकपा (एस) ७, हाम्रो नेपाली पार्टीको २ मत छ । एकीकृत समाजवादीले मत नदिए जम्कट्टेललाई विश्वास मत पुग्दैन ।

कांग्रेस, राप्रपा, नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।

प्रकाशित : चैत्र १८, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?