कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

वनको डढेलो बस्तीमा फैलिँदा तीन घर र गोठ जले

सिन्धुली — गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारास्थित पञ्चकन्या सामुदायिक वनमा आइतबार बिहान लागेको आगलागी बस्तीमा सल्किँदा स्थानीयको घरगोठ जलेर लाखौँको धनमाल नष्ट भएको छ । आगलागीबाट तीन वटा घर, एउटा गोठ र एउटा आरन जलेको छ ।

वनको डढेलो बस्तीमा फैलिँदा तीन घर र गोठ जले

प्रहरीका अनुसार आगलागीबाट भक्तबहादुर श्रेष्ठको घर र गणेश बहादुर थापाको गोठ जलेको छ । आगलागीबाट रामबहादुर विकको आरन समेत जलेर नष्ट भएको छ । आरन जलेपछि फलामको काम गरेर गुजारा चलाउँदै आएका विकको दैनिकी बिथोलिएको छ ।

विकको घर, भाडावर्तन, अन्नपात, लत्ता–कपडा, गोठ, आरन जलेर नष्ट हुँदा आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

सुख्खायाम सुरु भएसँगै सिन्धुलीमा आगलागीका घटनाहरु बढ्न थालेका छन् । शनिबारमात्रै गोलन्जोर-१ रिठ्ठाबोटका शेरबहादुर चौहानको घरमा आगलागी हँदा २ वटा घर र २ वटा गोठ जलेका थिए ।

आगलागीका कारण घर गोठमा रहेको अन्नपात, लत्ताकपडा भाडाकुडा, सुन ८ तोला, धान ४० मुरी जलेर नष्ट भएको छ । आगलागीमा परी चौहानका खसीबाख्रा ७ वटा, कुखुरा ९ वटा जलेर मरेका छन् । आगलागीबाट २० लाखको क्षति भएको प्रहरीको आंकलन छ ।

प्रकाशित : चैत्र ४, २०८० १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?