कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नक्कली नोटसहित बनेपाबाट एक युवक पक्राउ

काभ्रे — नक्कली नोटसहित बनेपाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेथानचोक गाउँपालिका-३ का २५ वर्षीय सबिन हुमागाई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

नक्कली नोटसहित बनेपाबाट एक युवक पक्राउ

उनलाई शुक्रबार दिउँसो २ बजेको समयमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले बनेपा नगरपालिका वडा नम्बर ५ स्थित एच . एम मोबाइल सेन्टरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए ।

उनको साथबाट प्रहरीले कलर प्रिन्टर १ थान, डेल कम्पनीको ल्यापटप १ थान, आइफोन मोबाइल एक थान, हजार नक्कली नोट ६९ थान, ५ सय नक्कली नोट १ थान, पैसा प्रिन्ट गर्ने फोटोकपी पेपर १ रिम बरामद गरेको उनले जानकारी दिए ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : चैत्र २, २०८० १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?