२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

दोलखामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

केदार सिवाकोटी

दोलखा — तामाकोसी-मन्थली सडकखण्डअन्तर्गत दोलखाको तामाकोसी गाउँपालिका–१ भिरकोटनजिकै  ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् । 

शनिबार बिहान दोलखाको किर्नेटारबाट भिरकोटतर्फ जाँदै गएको वाग्मती प्रदेश ०१००३ क ९३५९ नम्बरको ट्रक र तामाकोसी बजारबाट भिरकोटतर्फ जाँदै गरेको बा २९ प ११६२ नम्बरको मोटरसाइकल ठोक्कर दिँदा तामाकोसी गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय सुशील माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार सोही स्थानका माइकल माझी गम्भीर घाइते भएका छन् । उनको चरिकोटको पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : मंसिर २, २०८० १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?