२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

फिकुरी लेकलाई पर्यटकीय क्षेत्र बनाउन सम्भाव्यता अध्ययन

बलराम घिमिरे

रसुवा — जिल्लाको उत्तरगया गाउँपालिकाले फिकुरी लेकलाई पर्यटकीय क्षेत्र बनाउन सम्भाव्यत अध्ययन थालेको छ । पालिकाले सम्भाव्यता अध्ययन गर्न उक्त क्षेत्रमा तीन दिने पदयात्रा सम्पन्न गरेको छ । फिकुरी लेकलाई पर्यटकीय क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि पदयात्रा गरिएको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले बताए ।

फिकुरी लेकलाई पर्यटकीय क्षेत्र बनाउन सम्भाव्यता अध्ययन

'सम्भाव्यत अध्ययनका लागि गरिएको पदयात्राको प्रारम्भिक अध्ययनबाट फिकुरी नेपालको पहाडी पर्यटनमा एउटा महत्त्वपूर्ण ट्रेल हुने छ,' उनले भने, 'फिकुरी ट्रेलले विशेष पर्यटकीय सम्भावना बोकेकोले पूर्वाधार विकासमा ध्यान दिनु पर्छ ।'


काठमाडौं उपत्यकाबाट नजिकै रहेको फिकुरी डाँडा करिब ३८०० मिटरको उचाइमा रहेको छ । फिकुरीबाट रसुवा, नुवाकोटको विभिन्न चुभागका साथै लाङटाङ, गोसाइँकुण्ड, नार्गाजुन, ककनी, गणेश, दोर्जे लाक्पा हिमाल तिब्बती हिमश्रृंखला देखिनुका साथै प्रकृतिको भरपुर फाइदा उठाउन सकिन्छ । डाँडागाउँबाट सुरु भएको पदयात्रा बास्थला, फिकुरी, गोङ्गा भञ्जायाङ हुँदै डाँडागाँउ नै आएर सम्पन्न भएको थियो । पदयात्रामा गाउँपालिकाका पदाधिकारी, पालिकाका कर्मचारी, पर्यटन व्यवसायी होटल व्यवसायी, पत्रकार र स्थानीय गरी ४५ जनाको टोलीले रहेको थियो ।


बिहीबारबाट सुरु भएको तीन दिने पदयात्रा शनिबार सम्पन्न भएको हो । हरिबोधिनी अर्थात् ठूलो एकादशीमा फिकुरी महादेव मन्दिरमा विशेष मेलासमेत लागेको लाग्ने गर्दछ । फिकुरिलेक उत्तरगया गाउँपालिका भित्र पर्दछ । स्थानीयको आर्थिक उपार्जनसँग जोडेर फिकुरीलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न गाउँपालकिा लागि परेको पालिका उपाध्यक्ष चमेली गुरुङले बताइन् ।


'पालिकाले निर्माण गर्न लागेको २० वर्षे गुरुयोजनाको पूर्वसन्ध्यामा आयोजित पदयात्राले पर्यटकीय क्षेत्रको विकास गर्न थप मद्दत पुगेको छ,' उनले भनिन् ।


राजधानीबाट सबैभन्दा नजिक रहेको यो ट्रेल छोटो र लामो दुवै खालको ट्रेकिङका लागि पनि उपयुक्त ट्रेक भएको पर्यटन व्यवसायी शिव लामिछानेले बताए । 'फिकुरी हुँदै रुबीभ्याली, गणेश हिमाल, तामाङ हेरिटेज, लाङटाङ र गोसाइँकुण्डको पदयात्रामा जोडिन सकिन्छ,' उनले भने ।


फिकुरी डाँडालाई नयाँ पहाडी गन्तव्यको रुपमा विकास गर्न सम्भाव्यता अध्ययनको आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत दीपक अधिकारीले बताए ।


प्रकाशित : वैशाख ४, २०८० ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?