कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रे महाभारतका अग्‍निपीडितलाई राहत

ज्योती श्रेष्ठ

काभ्रे — काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर २ स्थित चिसापानीटारमा फागुन २१ गते भएको आगलागीबाट पीडित स्थानीयलाई राहत वितरण गरिएको छ । आगलागी भएर चिसापानीटारका पदम बहादुर गोलेको घर पूर्ण रुपमा क्षति भएको थियो ।

काभ्रे महाभारतका अग्‍निपीडितलाई राहत

आगलागीबाट घरसँगै उनका १५ वटा कुखुरा, २ वटा बाख्रा लगायत लाखौं मूल्य बराबरको क्षति भएको पदम बहादुरले जानकारी दिए ।

आगलागी भएर घर पूर्ण रुपमा क्षति भएको समयदेखि नै पदम बहादुर छिमेकीको घरमा बस्दै आएका छ्न । आर्थिक रुपमा पनि विपन्न भएकाले तरुण दल काभ्रेका नेता राम ध्वज लामाले खाद्यान्न, लत्ताकपडा लगायत आर्थिक सहयोग गरेका हुन् ।

नेता लामाले सोमबार अग्नि पीडित पदम बहादुरलाई ५ थान सिरक, ५ थान डस्ना, ५ थान सिरानी, १० बोरा चामल, ५ लिटर तेल, ५ केजी चिनी, ५ केजी दाल लगायत ५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

अग्नि पीडित पदमलाई हालसम्म गाउँपालिकाको तर्फबाट २० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

प्रकाशित : चैत्र १४, २०७९ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?