मन्थली क्याम्पसमा नेविसंघका कार्की निर्वाचित

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघका अविनाश कार्की विजयी भएका छन् । कार्कीले अनेरास्ववियुका पुष्कर भट्टराईलाई पराजित गरेका हुन् ।

मन्थली क्याम्पसमा नेविसंघका कार्की निर्वाचित

सोमबार बिहान सम्पन्न भएको मतगणनाअनुसार कार्की २ सय ८६ मत पाएर विजयी भएका थिए भने भट्टराईले २ सय २३ मत पाएका थिए । कार्कीले संयुक्त गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका थिए ।

सचिवमा अखिलका सुशील थापा निर्वाचित भएका छन् भने अरु सबै पदमा संयुक्त प्यानलका उम्मेदवारले विजय हासिल गरेका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?