सिन्धुलीमा मोटरसाइकल दुर्घटना, २ जना घाइते- वाग्मती - कान्तिपुर समाचार

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, २ जना घाइते

राजकुमार कार्की

काठमाडौँ — बीपी राजमार्गअन्तर्गत पर्ने सिन्धुलीको कमलामाई नगरपालिका २ को पौवागढी नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । 

काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको स ५ प ७६९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिरहा कर्जन्हा नगरपालिका १० का ३६ वर्षीय खलिल मन्सुर र सोही ठाउँका २३ वर्षीय एजाद खान घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा पछाडि बसेका खान भीरबाट एक सय ५० मिटर तल खसेकाले गहिरो चोट लागेको हुँदा सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं पठाइएको सिन्धुली प्रहरीका डीएसपी चिरन्जिवी दाहालले जानकारी दिए । चालक मन्सुरको दुवै खुट्टा र हातमा चोट लागेको छ ।

प्रकाशित : चैत्र २, २०७९ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्

भन्सार छलेर भित्र्याइएको अवैध सामान बरामद

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ अमखैयाबाट भन्सार छली भित्र्याइएको १ लाख ७४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधबार बेवारिसे अवस्थामा उक्त सामान बरामद गरेको हो । 

बरामद गरिएको सामानमा कपडा र दूध पाउडर रहेको छ । उक्त सामान भन्सार कार्यालय गड्डाचौकीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।

प्रकाशित : चैत्र २, २०७९ १४:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×