कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साँघुटार-घोराखोरी सडक सोमबारदेखि कालोपत्र थालिने

रामेछाप — ठेक्का लागेर ६ वर्षदेखि निर्माण रोकिएको रामेछापको साँघुटारदेखि ओखलढुंगाको घोराखोरीसम्मको सडक कालोपत्र सोमबारदेखि सुरु हुने भएको छ । 

साँघुटार-घोराखोरी सडक सोमबारदेखि कालोपत्र थालिने

सडक विभागले करिब २२ किलोमिटर सडक खण्डको कालोपत्र गर्नका लागि २०७३ सालमा बोलपत्र आह्वान गरेको थियो । कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त सडक निर्माणमा विभिन्न समस्याका कारण तोकिएको समयमा काम हुन सकेको थिएन ।

रामेछापको साँघुटार–घोराखोरी–ओखलढुंगा सडक कालोपत्र भएमा काठमाडौंबाट ओखलढुंगाका दुरी छोटिने मात्र नभई पश्चिमी ओखलढुंगाका बासिन्दालाई जिल्ला सदरमुकाम आउजाउमा सहजता हुनेछ । केही वर्षअघि नै कच्ची सडक निर्माण पूरा भएर पनि जिल्लावासीले वर्षात्‌‌मा सहज यात्रा गर्न पाएका छैनन् ।

प्रकाशित : माघ १५, २०७९ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?