१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुई जना पक्राउ

भूषण यादव

वीरगन्ज — प्रहरीले शुक्रबार वीरगन्जको आदर्शनगर स्थित एक मलबाट स्रोत नखुलेको ठूलो रकम सहित दुईजनालाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुई जना पक्राउ

वीरगन्ज महानगरपालिका–६ स्थित रुंगटा मार्केट भित्रबाट शुक्रबार दिउँसो स्रोत नखुलेको २२ लाख ५ हजार रुपैयाँ सहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी नाउव उपरिक्षक कुमार विक्रम थापाका अनुसार वडा प्रहरी कार्यालय विर्ताको टोलीले स्रोत नखुलेको २२ लाख ५ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको बताए ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले मल भित्र रहेको आईएमईमा छापामारी पैसा सहित दुईजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाको पहिचान प्रहरीले खुलाएको छैन ।

दुबैलाई नियन्त्रणमा लिई थप सोधपुछ भइरहेकाले हाललाई पहिचान गोप्य राखिएको थापाले बताए ।

प्रकाशित : वैशाख ७, २०८१ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?