२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

जनकपुरमा २३ वर्षीया महिलाको जलेको अवस्थामा शव फेला

घाइते अवस्थामा मेटिएकी ९ महिने बालिकाको पनि मृत्यु
सन्तोष सिंह

धनुषा — जनकपुरधामको कपिलेश्वरमा महिला र बालिकाको जलेर मृत्यु भएको छ ।  जलेर मृत्यु भएको महिला र बालिका आमाछोरी हुन सक्ने प्रहरीले अनुमान गरे पनि पुष्टि हुन सकेको छैन ।

जनकपुरधाम उपमहानगरपालिका-१६ मा जलेर महिला र बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए । बुधबार साँझ जलेर महिलाको मृत्यु भएको र बालिका घाइते अवस्थामा फेला परेपछि शरीरको अधिकांश भाग जलेको बालिकालाई उपचारका लागि अस्पताल लिएर जादै गर्दा मृत्यु भएको प्रहरी उपरीक्षक तिवारीले भने ।

मृत्यु भएकी महिला महोत्तरीको मनरासिसा नगरपालिका–२ कि २३ वर्षीया प्रियंका महतो रहेको र करिब ९ महिनाकी बालिकाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जलेर शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : वैशाख ६, २०८१ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?