कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सिलिण्डर पड्किएर आगलागी हुँदा ६ घर जले, ५ घरमा आंशिक क्षति

सर्लाही — बसबरियास्थित एक दलित बस्तीमा आगलागी हुँदा ६ घर जलेका छन् । अन्य पाँच घरमा आगलागीले आंशिक क्षति पुगेको छ । 

सिलिण्डर पड्किएर आगलागी हुँदा ६ घर जले, ५ घरमा आंशिक क्षति

बसबरिया गाउँपालिका–३ बंगलवामा सोमबार अपरान्ह आगलागी भएको थियो । स्थानीय रामविश्वास माझीको घरबाट सल्केको आगोले विन्देश्वर माझी, नारायण माझी, दिनेश माझी, जोकु माझी र नरेश राय सहितको फुसको घर पूर्णरुपमा जलेर खरानी भएको प्रहरीले जनाएको छ । अन्य ५ जनाको घरमा आगलागीले आंशिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

रामविश्वासको घरमा रहेको ग्याँस सिलिण्डर पड्किएर आगलागी भएको स्थानीयले जनाएका छन् । आगोलाई स्थानीय र हरिवन तथा मलंगवा नगरपालिकाबाट गएको बारुण यन्त्रको मद्दतले नियन्त्रणमा लिइएको छ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट ६ घर जल्नुका साथै घरमा राखिएका अन्न, लत्ताकपडा लगायत पनि जलेर खरानी भएको छ । आगलागीमा परेर लाखौंको क्षति भएको अनुमान छ । यद्दपि क्षतिको यकिन विवरण भने आइसकेको छैन । आगलागीमा घर जलेर नष्ट भएपछि दलित तथा विपन्न परिवारको बिचल्ली भएको छ । उनीहरु खुला आकाशमुनि पुगेका छन् ।

गर्मी बढेसंगै तराई मधेसमा आगलागीका घटनाहरु बढेका छन् । गर्मीसंगै चलेको हावाले जिल्लामा दिनहुँ आगलागीका घटना भइरहेका छन् ।

प्रकाशित : चैत्र २६, २०८० १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?