कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नौ महिनापछि बजेट 

सर्लाही — सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ९ महिनापछि बल्ल बजेट पाएको छ । चन्द्रनगरमा आइतबार सम्पन्न गाउँसभाले ५९ करोड ३० लाख ५९ हजार ७६९ रुपैयाँ ७१ पैसा बराबरको बजेट सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नौ महिनापछि बजेट 

गाउँसभाले बजेट ल्याएसँगै अब तलब भत्ता निकासासँगै विकास निर्माणको काम गर्न बाटो खुलेको छ ।

असारमै सक्नुपर्ने गाउँसभा जनप्रतिनिधिबीचको विवाद र राजनीतिक हस्तक्षेपका कारण हुनसकेको थिएन ।

समयमै बजेट ल्याउन नसक्दा चन्द्रनगरमा साउनदेखि सामाजिक सुरक्षा भत्ता निकासा हुन सकेको थिएन । कर्मचारी ९ महिनादेखि तलब नखाई काम गरिरहेका थिए । विकास निर्माणका काम पनि ठप्प थिए ।

यसअघि जिल्लाको हरिपूर्वा नगरपालिकामा गत फागुन ७ गते कडा सुरक्षाका बीच बहुमतका आधारमा नगरसभा गरेर बजेट पारित गरिएको थियो ।

प्रकाशित : चैत्र २५, २०८० २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?