कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पूर्व-पश्चिम राजमार्गमा माछा फालेर किसानको प्रदर्शन

सर्लाही — सर्लाहीका माछापालक किसानले कृषिमिटरको माग गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकमा माछा फालेर विरोध प्रदर्शन गरेका छन् । 

पूर्व-पश्चिम राजमार्गमा माछा फालेर किसानको प्रदर्शन

जिल्लाको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका सयौं माछापालक किसान पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकमा जम्मा भई सडकमै माछा फालेर विरोध जनाएका हुन् ।

उनीहरूले माछापालक किसानलाई विद्युत् प्राधिकरणले कृषि मिटरको साटो औधोगिक मिटर दिई चर्को महसुल असुल गरिरहेको भन्दै आन्दोलनमा उत्रिनु परेको जनाएका छन् । माछापालक किसानले शुक्रबार बिहान आधा घण्टा राजमार्ग अवरुद्घ पार्दै ‘औद्योगिक महसुल बन्द गर, कृषि महसुल कायम गर’ भन्दै नाराबाजी गरेका थिए ।

माछापालक किसान आन्दोलनमा ईश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्य तथा पूर्वमेयर मनोज देवकोटा, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठसमेत सहभागी थिए । ईश्वरपुरका किसान सन्तोष आचार्यले विद्युत् आतंकका कारण माछापालक किसान मारमा परिरहेको बताए ।

उनले विद्युत् प्राधिकरणले माछापालक किसानलाई उद्योगीका रूपमा राखेका कारण किसानहरू समस्यामा परेपछि बाध्य भएर आन्दोलनमा आउनु परेको गुनासो पोखे । किसान आन्दोलनका कारण राजमार्ग पूणर् रूपमा ठप्प बनेको थियो भने राजमार्गमा सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।

प्रकाशित : चैत्र ९, २०८० १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?