कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

मधेश सरकारमा एमालेका यादवले लिए मन्त्रीको शपथ

जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिपरिषद् पुन: गठन गरेका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै मधेशमा नयाँ गठबन्धनको सरकार बनेको हो ।

मधेश सरकारमा एमालेका यादवले लिए मन्त्रीको शपथ

मधेशमा जसपाबाट निर्वाचित यादव मुख्यमन्त्री छन् । नयाँ गठबन्धनमा रहेका दलहरु उनकै नेतृत्वमा सरकारमा सामेल भएका छन् ।

मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरुलाई हटाएर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका छन् । लगत्तै मन्त्री यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

गठबन्धनमा एमालेले चार मन्त्रालय पाउने सहमति भएपनि अहिले दलका नेता यादवमात्रै मन्त्री बनेका छन् । बाँकी चार वटा मन्त्रालय मुख्यमन्त्री आफैँले राखेका छन् । अन्य मन्त्रीहरुलाई भने निरन्तरता दिएका छन् ।

प्रकाशित : चैत्र ५, २०८० १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?