कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

धनुषा भडरियामा महिलाको शव भेटियो

धनुषा — धनुषाको भडरियामा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । धनौजी गाउपालिका वडा नं. ४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माको टोली पुगेर अनुसन्धानका लागि कुकुरसहितको टोली परिचालन गरिएको छ ।

महिलाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ । ७५ प्रतिशतभन्दा बढी शव कुहिएको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शर्माले बताए ।



प्रकाशित : मंसिर १२, २०८० १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?