२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

हत्या आरोपमा एक पक्राउ

अवधेश झा

राजविराज — सप्तरीमा हत्याको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कञ्चनरुप-६ का पशुपति राम छन् । गत भदौ २१ मा कञ्चनरूप-७ का २५ वर्षीय राहुलकुमार चौधरी मृत फेला परेका थिए ।

शव सुन्दरीखोला पुलदेखि सय मिटर दक्षिण निर्वस्त्र अवस्थामा भेटिएको थियो । उनलाई लागुऔषध को अत्यधिक सेवन गराई हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । उनको हत्याको आरोपमा रामलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

रामले चौधरीलाई सीमावर्ती भारतीय बजार लगेर सँगै लागुऔषध किनेर ल्याइ सुन्दरीखोला छेउमा पुर्‍याएर अत्यधिक मात्रामा खुवाइ बेहोस बनाइ हत्या गरेको र हत्यापछि मोबाइल र घडी लुटी लगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका रामविरुद्ध मुद्दा चलाउन सप्तरी जिल्ला अदालतबाट मंगलबार ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले बताए ।

प्रकाशित : आश्विन ९, २०८० १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?