३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

दुर्घटनामा मजदुरको मृत्यु

भरत जर्घा मगर

सिरहा — सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मेसिन मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेको बेला बेल्डले लागेर भारत मध्यप्रदेश सतना जिल्लाका २५ वर्षीय मजदुर अनुराग तिवारीको बुधबार मृत्यु भएको हो ।

मेसिन मर्मत गर्ने क्रमममा बेल्टले दाहिने पाखुरा काटिएर घाईते तिवारीको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल पुर्‍याएपनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । उद्योगका युनियनका प्रतिनिधिहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

प्रकाशित : वैशाख २८, २०८० १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?