प्रदेशसभामा पार्टीको गुणगान गाउनुको औचित्य छैन : लालबाबु राउत- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

 प्रदेशसभामा पार्टीको गुणगान गाउनुको औचित्य छैन : लालबाबु राउत

‘संविधानले दिएको अधिकारका लागि सबै दल एक भएर अगाडि बढ्नुपर्छ ।’ 
सन्तोष सिंह

जनकपुर — मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार र पार्टीको गुणगान गाएर प्रदेशको अधिकार प्राप्त हुन नसक्ने बताएका छन् । ‘संघीय सरकारको गुणगान गाएर सडकको हवल्दारले समेत टेर्दैनन्,’ राउतले भने,‘संघीय सरकार र पार्टीको गुणगान  पार्टीको मञ्चमा गर्नुस् । प्रदेशसभामा पार्टीको गुणगान गाउनुको औचित्य छैन ।’ 

बुधबार प्रदेशसभा बैठकमा बोल्दै राउतले प्रदेश प्रहरी ऐन, प्रदेश निजामती ऐन बनाएका प्रदेश सरकारका सचिवलाई सरुवा गरेर संघीयतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बताए ।

राउतले प्रदेश सरकारलाई सरकारको अनुभूति गर्न प्रहरी प्रशासन ल्याउनैपर्ने बताए । संघीयता कार्यान्वयनका लागि अदालतमा एकपछि अर्को मुद्दा गर्नु परेको अनुभव उनले सुनाए । काग्रेसले सरकारलाई विश्वासको मत दिने भएकोले प्रदेशमा सता पक्ष र विपक्ष नरहेको उल्लेख गर्दै आजको अवश्यक्ता पनि यही रहेको राउतले बताए ।

संविधानबाट प्राप्त अधिकार कार्यान्वयन गर्न प्रदेश सरकारले कानुन बनाए पनि संघीय सरकारकै कारण कार्यान्वयन हुन नसकेको राउतले बताए । ‘प्रदेश सरकार विकास युनिट होइन,’ राउतले भने, ‘संविधानको सूचीमा रहेको अधिकार प्राप्त गरी कार्यान्वयन गर्ने निकाय प्रदेश सरकार हो । संविधानले दिएको अधिकारका लागि सबै दल एक भएर अगाडि बढ्नुपर्छ ।’

प्रकाशित : माघ ४, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्

भ्रष्टाचार न्यूनीकरणका लागि तत्काल ठोस कदम चाल्छु : मुख्यमन्त्री यादव

सन्तोष सिंह

जनकपुर — मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै प्रदेशमा भ्रष्टाचार न्यूनीकरणका लागि ठोस कदम तत्काल चल्ने बताएका छन् ।

बुधबार प्रदेश सभाको बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री यादवले प्रदेशमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिने बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्रमा विचौलियाबाट हुने विकास निर्माणको काम रोकेर सांसदकै निगरानीमा योजना अगाडि बढाउने यादवले प्रतिबद्धता जनाए ।

प्रदेशको विकासमा सबै दलको साझा धारणा बनाएर काम गर्ने भन्दै विश्वासको मत दिन सांसदहरूसँग आग्रह गरे । प्रदेशसभामा मुख्यमन्त्री राउतले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सुरु भएको छ ।

प्रकाशित : माघ ४, २०७९ १२:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×