३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

मधेसमा सरकार बनाउन पुस २८ को समय

जनकपुर — मधेस प्रदेशमा सरकार बनाउन पुस २८ गतेभित्र दाबी प्रस्तुत गर्न राजनीतिक दललाई आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार सरकार गठनका लागि आह्वान गरेका हुन् । 

मधेसमा सरकार बनाउन पुस २८ को समय

प्रदेश प्रमुख मिश्रले दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जारी विज्ञफ्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई दाबी पेस गर्न विज्ञप्तिमा भनिएको छ ।

मुख्यमन्त्रीका लागि दाबी पेस गर्न पुस २८ गते अपराह्न ४ बजेसम्मको समय दिइएको छ । मधेस प्रदेशसभामा एक सय ७ सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एकजना सांसद छन् ।



प्रकाशित : पुस २२, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?