कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

हलेसीमा तीर्थालुको भीड

डम्बरसिं राई

खोटाङ — रामनवमीको अवसरमा हलेसीमा देशी-विदेशी तीर्थालुको भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरूको त्रिधार्मिकस्थलको रूपमा प्रख्यात हलेसीमा बुधबार तीर्थालुको भीड लागेको हो । हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलका अनुसार नेपालबाहेक चीन, भारत, जापान, भुटान, श्रीलङ्का, अमेरिका, जर्मन लगायतका तीर्थालु हलेसी आएका छन् ।

हलेसीमा तीर्थालुको भीड
हलेसीमा तीर्थालुको भीड

यो वर्ष अरु बेलाभन्दा तीर्थालु बढेको भुजेलका भनाई छ । विभिन्न देशका तीर्थालु १५ दिनदेखि लगातार आइरहेको भुजेल बताउाछन् । ‘यो वर्ष अरु बेलाभन्दा तीर्थालु बढेका छन्’ भुजेलले भने, ‘१५ दिनदेखि विभिन्न देशका तीर्थालुहरू आइरहनु भएको छ ।’ बुधबार विहान सवा ८ बजे शिवलिङ्ग पहिराइएको छ । बाल पूजारीहरू सुदिन गिरी, सुशिल गिरी, हेरालु पुजारी गोपाल गिरी, नगरप्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लगायतले गहन पहिराएका हुन् ।

हलेसीमा तीर्थालुको भीड


प्रकाशित : वैशाख ५, २०८१ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?