कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँसबाट आकर्षक सामग्री बनाउने तालिम

डम्बरसिंह राई

खोटाङ — जन्तेढुङ्गा गाउँपालिकाले बाँसबाट विभिन्न सामग्री बनाउने तालिम दिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष एक लाख रूपैयाँको लागतमा उक्त तालिम दिइएको हो ।

बाँसबाट आकर्षक सामग्री बनाउने तालिम

स्थानीय कच्चा पदार्थको उपयोग गरी आयआर्जनको मेसो बसाउन पुनर्ताजगी तालिम दिइएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए ।

गत आर्थिक वर्ष पनि गाउँपालिकाकै तीन लाख ५० हजार रुपैयाँबाट बाँसबाट सामग्री बनाउने आधारभूत तालिम दिइएको खड्काले सुनाए । गत वर्षको तालिमपछि बाँसबाट आकर्षक सामग्री बनाएर आयआर्जन समेत गरेकाले थप शिप विकासका लागि पुनर्ताजगी तालिम दिइएको खड्काले सुनाए ।

गत वर्ष आधारभूत तालिम लिएका ९ जनालाई नै यो वर्ष पुनर्ताजगी तालिम दिइएको खड्काले बताए । उनीहरूले बाँसबाट फर्निचर, फूलदानी, कलमदानी, कप, मगलगायतका विभिन्न आकर्षक सामग्री बनाएका छन् । उनीहरूले बनाएको बाँसका सामग्री काठमाडौं, धरान, गाईघाटलगायतका ठाउँहरूमा बिक्री हुने खड्काले जनाए ।

प्रकाशित : चैत्र १४, २०८० १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?