१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३६

टिपर र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

डम्बरसिं राई

काठमाडौँ — टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

टिपर र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिपर र हलेसीबाट दिक्तेल आउँदै गरेको स ९ प १२१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका २५ वर्षीय टंकल राईको मृत्यु भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेको कामीडाँडाामा आइतबार बिहान दश बजेतिर टिपर र मोटरसाइकल ठोक्किँदा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक उदयपुर कटारी नगरपालिका–३ का ४३ वर्षीय पदमकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २०, २०८० १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?