ताप्लेजुङका पालिकामा तालाबन्दी

ताप्लेजुङ — कोशी प्रदेश पुन: नामांकन संयुक्त संघर्ष समितिले ताप्लेजुङका गाउँपालिका तथा नगरपालिकामा तालाबन्दी गरेका छन् । फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको प्रवेशद्वारमा तालाबन्दी गरिएको छ । अन्य स्थानीय तह र वडा कायालयमा पनि तालाबन्दी गरिएको संघर्ष समितिको दाबी छ ।

प्रहरीसँगको झडपको क्रममा घाइते भएका पदम लिम्बू लाजेहाडलाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय तहमा तालाबन्दी गरेका हुन् ।
संघर्ष समितिले चैत १४ देखि १७ गतेसम्म प्रदेशभरिका स्थानीय तहका कामकाज ठप्प गराउने घोषणा यस अघि नै गरेको थियो । संघर्ष समितिले प्रदेशका गाउँपालिकामा १७ गतेसम्म कामकाज ठप्प गराउने बताएका छन् ।
यसअघि पार्टी कामको सिलसिलामा ताप्लेजुङ गएका कोशी प्रदेश माओवादी संसदीय दलका नेता तथा पूर्वअर्थमन्त्री इन्द्र आङ्बो सवार गाडीमा ढुंगा हानेर क्षति पुर्याएका थिए ।