कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकल दुर्घटनामा प्रदेशसभा अधिकृत श्रेष्ठको निधन

मोरङ — प्रदेश १ सभा सचिवालयका अधिकृत प्रेमबहादुर श्रेष्ठको मोटरसाइकल दुर्घटनामा बुधबार मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका ८ का श्रेष्ठ घरबाट प्रदेशसभा सचिवालय आउने क्रममा बुधबार बिहान कोसी राजमार्गस्थित विराटनगर-३ ढाटमा भएको दुर्घटनामा घाइते भएका थिए ।

मोटरसाइकल दुर्घटनामा प्रदेशसभा अधिकृत श्रेष्ठको निधन

उनको विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रदेश १–०४–००१ब ०००७ नम्बरको मोटरसाइकलमा घरबाट कार्यालय आउने क्रममा को ३८ प ५३८७ नम्बरको स्कुटरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कुटर चालक बुढीगंगा गाउँपालिका २ का ३५ वर्षीय रोशन विक र स्कुटर पछाडि सवार विराटनगर-४ का २५ वर्षीय विशाल प्रसाईं घाइते भएका छन् । उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ प्रदेशसभा सचिवालयमा कम्प्युटर अधिकृत पदमा कार्यरत रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता चन्द्रमणि पोखरेलले जानकारी दिए । श्रेष्ठको १७ वर्षीया एक छोरी, १३ वर्षीय छोरा र पत्नी रहेको उनले बताए ।

प्रकाशित : माघ ११, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?