वडा-वडामै भत्ता वितरण- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडा-वडामै भत्ता वितरण

डम्बरसिं राई

खोटाङ — साकेला गाउँपालिकाले वडा–वडामै भत्ता वितरण गरेको छ । वृद्ध–वृद्धा तथा अशक्तलाई सहज बनाउन वडा–वडामा दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । माघ ३ देखि १० गतेसम्म शिविर आयोजना गरी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङले बताए ।

चाम्लिङका अनुसार माघ ३ गते वडा नं. ३ खिदिमा ७६ जना लाभग्राहीलाई ७ लाख ५ सय रुपैयाँ, माघ ४ वडा नं. ४ मात्तिममा ६१ लाभग्राहीलाई ६ लाख ५४ हजार रुपैयाँ, माघ ५ गते वडा नं. ५ मात्तिमबिर्तामा ९६ जना लाभग्राहीलाई १० लाख ९४ हजार रुपैयाँ वितरण गरिएको छ ।

त्यस्तै, माघ ६ गते वडा नं. २ रतन्छामा १ सय ९ जना लाभग्राहीलाई १२ लाख ५९ हजार रुपैयाँ, माघ ९ गते वडा नं. १ बाँझेच्यानडाँडामा ७७ जना लाभग्राहीलाई ८ लाख ७१ हजार र माघ १० गते उक्त वडाकै चण्डेश्वरी आधारभूत विद्यालयमा ७१ जना लाभग्राहीलाई ७ लाख ५१ हजार रुपैयाँ गरी जम्मा ४ सय ८१ जनालाई ५५ लाख २९ हजार पाँच सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको चाम्लिङले बताए ।

गाउँपालिका र नेपाल एसबीआई बैंकबीच टोल तथा वटामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गरिएको थियो ।


प्रकाशित : माघ ११, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्

नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे ३ अर्बको कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १०.३७ अकंले बढेर २ हजार १ सय ८३.६२ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४८ प्रतिशतले बढेको हो । मंगलबार नेप्से ८.१४ अंकले बढेर बन्द भएको थियो ।

उक्त दिन कारोबारमा आएका कम्पनीहरूमध्ये १ सय ५९ कम्पनीको सेयर मूल्य बढेको छ । ४६ वटा कम्पनीको घटेको छ भने बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार ५४ हजार ३ सय ३७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएका छन् । ती किनबेचबाट ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनाका कारोबार रकम बढी हो । मंगलबार सेयर बजारमा ३ अर्ब रुपैयाँ र सोमबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको घटेको छ । बढ्दो बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्रीन लाईफ हाइड्रोपावर र आदर्श लघुवित्तका शेयरधनीले करिब १० प्रतिशतले कमाएका छन् ।

प्रकाशित : माघ ११, २०७९ १६:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×