कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बिजुली बजारका अवैध संरचना भत्काउँदै महानगर

तस्बिर : केशव थापा

काठमाडौँ — काठमाडौं महानगरपालिकाले वडा नं १० अन्तर्गत बिजुली बजारस्थित सडकछेउमा वर्षौंदेखि सरकारी जग्गा मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । आइतबार दिउँसो महानगरपालिका प्रहरीको टोलीले डोजर लगाएर ती संरचना भत्काउन थालेको हो ।

भाटभटेनी नजिकैको पुलबाट थापागाउँ तर्फको क्षेत्रमा अहिले डोजरले संरचना भत्काउने काम भइरहेको छ । जहाँ महानगरका ५० जनाजति प्रहरी तैनाथ गरिएको छ । महानगरपालिकाले पूर्वसूचना दिएकाले यस क्षेत्रका अवैध संरचना भत्काउने क्रममा स्थानीयबाट कुनै विरोध वा अवरोध भएको छैन ।

प्रकाशित : भाद्र १०, २०८० १६:०६
प्रतिक्रिया
पठाउनुहोस्