कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वातावरण दिवस मनाइयो

तस्बिर : दीपक केसी

काठमाडौँ — विश्व वातावरण दिवसको उपलक्षमा राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले र्‍याली निकालेको छ । विद्यार्थीहरूले पर्यावरण, दिगो विकास र प्रकृतिसँग जोडिएकका विभिन्न नारा लेखेका प्लेकार्ड र ब्यानर बोकेर र्‍यालीमा सहभागी थिए ।यसपटकको वातावरण दिवसको मूल नारा ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ रहेको छ । पुल्चोकबाट सुरु भएको र्‍याली जावलाखेल मैदानमा कार्यक्रम गरी समापन गरिएको थियो । आज विश्वभर वातावरण संरक्षण र प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम गर्दै दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ ।


प्रकाशित : जेष्ठ २२, २०८० १०:३७
प्रतिक्रिया
पठाउनुहोस्