कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सुकुम्बासी पुन: आन्दोलित

केशव थापा

काठमाडौँ — स्थायी विकल्पसहितको बसोबासको माग गर्दै काठमाडौंमा शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म भूमिहिन सुकुम्बासीले विरोध र्‍याली आयोजना गरेका हुन् । अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन उनीहरुले धर्नाको कार्यक्रम गरेका हुन् । उनीहरुले भूमि अभियान्तामाथि लगाइएका झूटा मुद्दा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।


प्रकाशित : माघ १३, २०७९ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्